नियम १८
रजिष्टरबाट नाम झिक्ने र फेरी दर्ता गर्ने बारे

(१) कुनै पनि दर्तावाला चिकित्सकले आफ्नो नाम रजिष्टरबाट हटाउन चाहेमा दर्खास्त दिई हटाउन सक्नेछ । तर निजले दर्खास्त दिए पछि पनि निज उपर ऐन नियम बमोजिम कुनै कारवाही चलाई सजायको रूपमा रजिष्टरबाट नाम हटाउन कुनै बाधा हुने छैन ।
(२) यसरी आफूखुशी नाम हटाएको चिकित्सकले पुन दर्खास्त गरी पूरा दस्तुर तिरेमा फेरी आफ्नो नाम दर्ता गर्न सक्नेछ ।
(३) ऐनको दफा १३ को उपदफा (२) को अवस्था परी नाम हटाइएको अवस्थामा फेरी दर्खास्त दिई नाम दर्ता गर्न चाहने चिकित्सकबाट नियम बमोजिम पूरा दस्तुर लिई निजको नाम दर्ता गरिनेछ ।
(४) ऐनको दफा १७ को उपदफा (१) बमोजिम रजिष्टरबाट नाम हटाइएको चिकित्सकले सो नाम हटाइएको मितिले २ वर्ष पछि चरित्र सुधार्ने प्रतिज्ञा गरी फेरी नाम दर्ता गर्नको निमित्त दरखास्त दिन सक्नेछ । काउन्सिलले पनि उसको अपराध वा आचरणको विचार गरी चरित्रको सुधार भए नभएको र हुन सक्ने नसक्ने कुरा तर्फ विचार गरी दर्ता गर्ने सम्बन्धमा निर्णय गर्नेछ र नाम दर्ता गर्ने निर्णय भएमा नियम बमोजिम पूरा दस्तुर लिई निजको नाउँ दर्ता गरिनेछ ।
(५) उपनियम (४) बमोजिम दिएको दरखास्त स्वीकृत नभएमा १ वर्ष बिते पछि फेरी दरखास्त दिन सक्नेछ ।